परम्परागत मत र विचारहरुमा परिवर्तन पाए : स्वर्णिम वाग्ले

होमल्याण्ड खबर

२०८० बैशाख १० गते, आईतवार १०:४६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नं. १ मा उम्मेदवार रहेका डा.स्वर्णिम वाग्लेले यसपालि तनहुँ १ का मतदाताको परम्परागत मत र विचारहरुमा परिवर्तन पाएको बताएका छन् । उपनिर्वाचनको अवसरका मतदानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मतदाताको परपम्परागत सोच विचारमा परिवर्तन पाएको बताएका हुन् ।

उपनिर्वाचनको लागि उम्मेवदारी दर्ता हुनु भन्दा केही दिन अघि नेपाली कांग्रेस त्यागेर रास्वपाबाट उम्मेदवार बनेका वाग्लेले भने , ‘परम्परागत मतहरुलाई र विचारहरुलाई परिवर्तन गराएको मैले पाएको छु र सूचना प्रविधिको पहुँचले ५०–६० नाघेकाहरुको पनि मन र मत दुवै फेरिनेवाला छ यसपालि ।’

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र १ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको यस क्षेत्रमा अहिले उपनिर्वाचनका लागि मतदान भइरहेकाेछ ।

यसक्षेत्रको चुनावमा ९ वटा पार्टीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।