बाराको एक मतदान केन्द्रमा विवाद, होहल्ला गर्ने चार जना प्रहरी नियन्त्रणमा

होमल्याण्ड खबर

२०८० बैशाख १० गते, आईतवार ११:२२ मा प्रकाशित

बाराको देवताल गाउँपालिका वडा नं. २ को कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मतदानको क्रममा विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मतदान भने जारी छ ।