कास्की र पर्सामा महालक्ष्मीको नयाँ शाखा

होमल्याण्ड खबर

२०७५ आश्विन १८ गते, बिहीबार १२:२७ मा प्रकाशित

महालक्ष्मी विकास बैंक लि.ले कास्की र पर्सामा नयाँ शाखा शुरु गरेको छ ।

कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, विरगंज महानगरपालिका वडा नं १२, स्थित, श्रीपुर शाखा कार्यालयको औपचारिक उद्घाटन भएको छ ।

सिसुवा शाखाको समुद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले दीप प्रज्वलनका साथ गरेका थिए । श्रीपुर शाखाको उद्घाटन विरगंज महानगरपालिकाका मेयर विजय सरावगीले गरेका हुन् ।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने, सञ्चालक श्यामसुन्दर रुगंटा तथा वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको पनि उपस्थिति रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरेका थिए ।