आचारसंहिता उल्लंघनको उजुरीपछि २४ घण्टा भित्र स्पष्टीकरण दिन भट्टराईसँग माग

होमल्याण्ड खबर

२०८० बैशाख १० गते, आईतवार १२:५४ मा प्रकाशित

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द् भट्टराईसँग आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टा भित्र स्पष्टीकरण दिन भनेको छ । मौन अवधिको समयमा मोबाइलबाट भ्वाइस म्यासेज पठाइ मत मागेको भन्दै उनी विरुद्ध उजुरी परेपछि समितिले स्पष्टीकरण माग गरेको हो ।

समितिले भट्टराई लाई २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फत उपस्थित भएर स्पष्टीकरण दिन भनेको छ ।

भट्टराई तनहुँ निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस तर्फका उम्मेदवार हुन्।