३ चैत्र २०८२, मंगलवार
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संखुवासभाको उत्तरी सीमानाका किमाथांका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
आइतबार मन्त्रालयमा संखुवासभाका प्रतिनिधि र कोसी प्रदेशका सांसदहरूले संयुक्त रूपमा किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।


‘किमाथांका नाकाबारे भन्नुभएको छ, यो महत्वपूर्ण नाका छ । उत्तरतिरको पूर्वतिरको व्यापारका लागि अत्यन्तै महत्वपूर्ण नाकाका रूपमा रहिआएको छ ।
दुई देशको सम्बन्ध र व्यापारका रूपमा प्रयोग हुँदै आएको छ । नाका खोल्नका लागि अहिले चीन सरकारसँग छलफल भइरहेको छ, यसलाई उच्च प्राथमिकता दिनेछु,’ मन्त्री साउदले भने।