सन्दीपको मुद्दामाथि आज पेशी

होमल्याण्ड खबर

२०८० बैशाख ११ गते, सोमबार ०९:०८ मा प्रकाशित

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको फैसला सुनुवाइका लागि आज काठमाडौं जिल्ला अदालतमा पेशी तोकेको छ।

जारहेवालाका कानून व्यवसायीले यसअघि दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

सन्दीप राजधानीमा जारी एसीसी प्रिमियर कप खेलिरहेका छन् । नेपालले प्रतियोगिताअन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा साउदी अरबविरुद्ध खेल्दैछ । अदालतमा पेशी रहेपनि सन्दीप नेपाली टोलीमा उपलब्ध हुनेछन् ।

‘बहसमा उनको तर्फबाट कानून व्यवसायी सहभागी हुनेछन् । पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेर नेपाली राष्ट्रिय टोलीबाट क्रिकेट खेलिरहेका छन् ।