कोर एरियामै कमजोर देखियो कांंग्रेस , स्वर्णिम वाग्लेको अग्रता कायमै

होमल्याण्ड खबर

२०८० बैशाख ११ गते, सोमबार १०:११ मा प्रकाशित

 प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

आज बिहान १० बजेसम्म १५ हजार बढी मतगणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ९ हजार १९८ प्राप्त गर्दै अग्रता कायम राखेका हुन् । त्यस्तै, उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार ८०६ मत प्राप्त गर्दै उनलाई पच्छाइरहेका छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ४६० मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।

हाल विगतमा नेपाली कांग्रेस पार्टीले राम्राे मत ल्याउने गरेका तनहुँ जिल्लाको आँबुखैरेनी–गाउँपालिका र भानु नगरपालिकाको मत गणना जारी छ ।
आइतबार भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । अहिले जिल्ला समन्वय समितिको सभाहलमा मतगणना कार्य जारी छ ।