वर्षातका कारण खेल रद्ध भएपछि साउदीसँग अंक बाँडेको नेपाल सेमिफाइनलमा

होमल्याण्ड खबर

२०८० बैशाख ११ गते, सोमबार १३:१८ मा प्रकाशित

नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल वर्षासँगै टस नहुँदै रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका हुन् ।

तीन खेलबाट पाँच अंक पुर्‍याएको नेपाल सेमिफाइनलमा पुगेको हो । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ ।

चौथो स्थानको साउदीको पनि २ अंक छ । यो समूहमा कतारले अंक जोड्न सकेको छैन । नेपालले कतारसँग हुने १४ वैशाखको अन्तिम खेल जितेको अवस्थामा समूह विजेता बन्नेछ ।

समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।