चितवन २ : रवि लामिछानेले कटाए ५० हजार मत, अन्यको कति ?

होमल्याण्ड खबर

२०८० बैशाख १२ गते, मंगलवार ११:२९ मा प्रकाशित

चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन्। पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५० हजार २९ मत पाएका हुन् ।

त्यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार १ सय ६५ मत पाएका छन् भने  तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८ सय  ७७ मत पाएका छन् ।

चितवन २ मा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो। जसमध्ये ७० हजार २ सय ३९  गनिसकिएको छ। अब जम्मा गन्न बाँकी मत ८ हजार ३८ छ भने रवि लामिछाने ४० हजार ८ सय ६४ मतको मतान्तर सहित अगाडि छन्।