नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

होमल्याण्ड खबर

२०८० बैशाख १२ गते, मंगलवार १२:२३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले बाेलाएर बालुवाटार पुगेकाे डा. महावीर पुनको टोलीलाई  विज्ञान र प्रविधिबाट मात्र विकास समृद्धि रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन्।

भेटमा अध्यक्ष डा. पुनले “यात्री” लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

डा. पुनले नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र प्रवर्द्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकोमा धन्यवाद समेत व्यक्त गरे । साथै  पुनले उक्त कानुन  निर्माणको काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन्र ।

प्रधानमन्त्री प्रचण्डले विज्ञान–प्रविधिको विकासबिना देशको विकास सम्भव नहुनेमा आफू स्पष्ट रहेको भन्दै नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र राष्ट्रिय उत्पादनलाई प्रवर्धन गर्ने कानुनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढिसकेको बताए ।