कतारविरुद्ध नेपाललाई नवौँ झड्का, दीपेन्द्रसँगै गुल्सन आउट

होमल्याण्ड खबर

२०८० बैशाख १४ गते, बिहीबार ११:३७ मा प्रकाशित

 एसीसी प्रियिमर कप क्रिकेट प्रतियोगितामा कतारविरुद्ध नेपालले नवौँ विकेट गुमाएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नवौँ विकेट गुमाएको हो ।

दीपेन्द्रसिंह ऐरीसँगै गुल्सन झा आउट भएका छन् । दीपेन्द्र १२ रनमा आउट भए । दीपेन्द्रसँगै गुल्सन सात रनमा आउट भएका छन् । योसँगै नेपालले २८ ओभरको समाप्तिमा ९ विकेटको क्षतिमा १११ रन मात्रै बनाएको छ ।

एकपछि अर्को विकेट गइरहँदा कतारविरुद्ध नेपाल दबाबमा आएको छ । यसअघि नेपालका कप्तान रोहितकुमार पौडेल २७, आसिफ शेख १९, सोमपाल कामी ११, आरिफ शेख ११, भीम सार्की ६, कुशल मल्ल तीन र कुशल भुर्तेल दुई रनमा आउट भएका थिए ।

कतारका अमिर फारुक र ओवाइस अहमदले समान ३–३ विकेट लिए । त्यस्तै, गायन मुनाविराले दुई विकेट लिए ।