९ मंसिर २०८१, आईतवार
एसीसी प्रियिमर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले दिएको १५८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कतारले चौथो विकेट गुमाएको छ ।
नेपालका सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले जाहिर इब्राहिमलाई १५ रनमा आउट गराए । यसअघि नेपालका सोमपाल कामी र ललितनारायण राजवंशीले विकेट लिएका थिए ।
सोमपालले इमाल लियानागलाई ६ रनमा बोल्ड आउट गराए । त्यस्तै, ललितनारायणले काम्रान खानलाई आठ रनमा आउट गराए ।
योसँगै कतारले ८.३ ओभरमा तीन विकेटको क्षतिमा ३२ रन बनाएको छ ।
यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेटको क्षतिमा १५७ रन बनाएपछि कतारले सामान्य चुनौती पाएको हो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौका प्रहार गरे ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेल २७, आसिफ शेख १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी ११, आरिफ शेख ११, गुल्सन झाले सात, भीम सार्की ६, कुशल मल्ल तीन, कुशल भुर्तेल दुई र ललितनारायण राजवंशीले एक रन बनाए । कतारका अमिर फारुकले चार विकेट लिए । त्यस्तै, ओवाइस अहमदले ३ विकेट लिए । गायन मुनाविराले दुई विकेट लिए ।