धर्ना स्थलमा महावीरले भने – डुल्न छाडेर कानून बनाउ

होमल्याण्ड खबर

२०८० बैशाख १५ गते, शुक्रबार १२:३२ मा प्रकाशित

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका छन् ।

प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने उनले बताएका छन्। उनले ढुल्न छाडेर कानून बनाउन सांसदहरुलाई आग्रह समेत गरे ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउनुपर्ने पुनको माग छ ।

कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनलाई युवाहरुले साथ दिएका छन् । बिहीबार नै सामाजिक सञ्जालमा आन्दोलनका नारा सार्वजनिक गरेका पुनले शुक्रबार आफ्ना समर्थकसहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको पुनको आरोप छ । नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्नुपर्ने माग गरेका पुनले यसअघि प्रधानमन्त्रीसहितको ध्यानाकर्षण गराएका थिए ।