८ मंसिर २०८१, शनिबार
गण्डकी विकास बैंक लिमिटेडले काठमाण्डौ कलंकीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले योसँगै देशका विभिन्न जिल्लाका ७७ वटा शाखाहरुबाट वित्तीय कारोवार गरिरहेको छ ।
बैंकले आगामि दिनहरुमा पनि देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखाहरु विस्तार गर्दै लाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले जानकारी दिए ।
योसँगै बैंकका ७७वटै शाखाहरुबाट पूर्ण बैंकीङ्ग सुविधा प्रदान भैरहेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गरिरहेको छ ।