वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा ४ जना घाइते

होमल्याण्ड खबर

२०८० बैशाख १७ गते, आईतवार १५:१३ मा प्रकाशित

काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।

पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको छ ।