नेपालले गुमायो तेस्रो विकेट

होमल्याण्ड खबर

२०८० बैशाख १९ गते, मंगलवार १०:३३ मा प्रकाशित

नेपालले २२ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । सात ओभर ६ बलमा कप्तान रोहित पौडेल आउट भएका हुन् ।

यसअघि एसिसी प्रिमियर कपअन्तर्गत युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले यसअघि ६ ओभर एक बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो ।

दोस्रो ओभरमै पहिलो विकेट गुमाएको नेपाल दबाबमा परेको छ। नेपालका कुशल भुर्तेललाई १.२ ओभरमा युएईका रोहान मुस्ताफाले १ रनमा एलबिडब्लूको धरापमा पारेका थिए । तेस्रो विकेट पनि मुस्ताफाले नै लिएका थिए ।