२ चैत्र २०८२, सोमबार
जिल्ला अदालत काठमाडौँले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन लाखौँ असूली गरेको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौं हाजिर गराइएको थियो ।


अदालतले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि अनुमति दिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।