सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सुरु

होमल्याण्ड खबर

२०८० बैशाख २० गते, बुधबार १७:०७ मा प्रकाशित

सत्ता गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारको नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेुसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का उपस्थित भएका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी भएका छन् ।