प्रहरीलाई टोपबहादुरको फोन: आफैं उपस्थित हुन्छु

होमल्याण्ड खबर

२०८० बैशाख २१ गते, बिहीबार १३:३० मा प्रकाशित

नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणको अनुसन्धानमा ‘सहयोग गर्न’ आफैं उपस्थित हुने भन्दै प्रहरीलाई फोन गरेका छन्।

बुधबार पक्राउ पूर्जी जारी भएपछि रायमाझी सम्पर्कविहीन भएका थिए। प्रहरीले बुधबारदेखि नै खोजी गरेपनि उनले बिहीबार फोन गरेर दिउँसो २ बजे आफैं उपस्थित हुने भनेर जानकारी गराएका हुन्।