दाहाल–ओलीबीच आज पनि भेटवार्ता हुँदै

होमल्याण्ड खबर

२०८० बैशाख २२ गते, शुक्रबार ११:४३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रबार पनि भेटवार्ता हुने भएको छ। शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि सयम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज दिउँसो ३ बजे सिंहदरवारमा भेटवार्ता गर्नेगरी समय तय भएकाे बताइएपनि भेटवार्ताको उद्देश्यबारे भने उल्लेख गरिएको छैन् ।

नक्कली भुटानी शरणर्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रचण्ड ओलीबीच बिहीबार मात्रै पनि भेटवार्ता भएको थियो । बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपुर्ण ढंगले फसाउन खोजिएको त होइन ? भनेर प्रश्न गरेका थिए ।
भुटानी शरणर्थी प्रकरणमा प्रक्राउ पुर्जी जारी भएपछि रायमाझी सम्पर्कविहीन छन् ।