नक्कली भुटानी शरणार्थी प्रकरणले तात्यो बजेट अधिवेशनको पहिलो बैठक

होमल्याण्ड खबर

२०८० बैशाख २४ गते, आईतवार १७:०३ मा प्रकाशित

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले तातेको छ ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद, नेमकिपाका सांसद र स्वतन्त्र सांसदले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण उठाएका हुन् ।

संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठक आइतबार प्रतिनिधिसभाको बैठकको सुरुमा नै सांसदहरूले आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सिटबाट उभिएका थिए । सभामुख देवराज घिमिरेले अधिवेशन आह्वान गर्न राष्ट्रपति कार्यालयको पत्र वाचन नगर्दै उक्त विषय राख्नुपर्ने माग गरेका थिए ।

फाइल तस्विर