हतियार कारोबारमा म संलग्न छैन : रक्षामन्त्री खड्का

होमल्याण्ड खबर

२०८० बैशाख २५ गते, सोमबार ०९:२५ मा प्रकाशित

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले  हातहतियार खरिदमा आफू संलग्न नभएको बताएका छन् ।

नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तीमा आफ्नाे नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफ्नो संलग्नता अस्विकार गरेका हुन् ।

‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खड्काले भनेका छन, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु ।’