२५ बैशाख २०८३, शुक्रबार
काठमाडौं महानगरपालिकाले आजबाट बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाउने भएको छ । महानगरको प्रहरी टोलीले आज माइतीघरदेखि त्रिभुवन विमानस्थलसम्म र न्युरोड गेटबाट वसन्तपुर, असन, कमलाक्षी र भोटाहिटीसम्मको तार हटाउने तयारी गरेकाे छ ।
काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय भएकाे थियाे।


जसअनुसार पहिलो दिन राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति भएको छ ।
सोहीअनुसार विभिन्न रुट तय गरेर तार व्यवस्थापन गर्न थालिएको दूरसञ्चार प्राधिकरणले जानकारी गराएको छ ।
दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक छन् । पोलको क्षमताभन्दा धेरै भार बोकेको पोलले शहरी सुन्दरतालाई गिज्याइरहेको छ ।