संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

होमल्याण्ड खबर

२०८० बैशाख २५ गते, सोमबार १०:१२ मा प्रकाशित

संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक आज बिहान १०ः३० बजे बस्नेछ । बैठकमा आजबाट सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।