अमरेशकुमारले खोले संसदभित्रै लुगा, सभामुखले दिए चेतावनी

होमल्याण्ड खबर

२०८० बैशाख २५ गते, सोमबार ११:४१ मा प्रकाशित

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।

बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।

सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।