२ चैत्र २०८२, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले दायर रिटको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुने भएको छ।
ढाकाकुमारले दायर गरेको मुद्दा श्रेष्ठको एकल इजलासमा परेको हो । श्रेष्ठले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्ष बनाउँदै रिट दायर गरेका छन् ।


ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग आर्थिक बार्गेनिङ गरेको पुष्टि भएको भन्दै रास्वपाको केन्द्रीय समिति बैठकले कारबाही गर्ने निर्णय गरेको थियो ।
रास्वपाको सिफारिस अनुसार उनको पद रिक्त भएको सूचना संसद् सचिवालयले जारी गरिसकेको छ । तर, पार्टीको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै श्रेष्ठ अदालत गएका हुन् ।