आईपीएलमा पञ्जाबलाई हराउँदै कोलकाता पाँचौं स्थानमा उक्लियो

होमल्याण्ड खबर

२०८० बैशाख २६ गते, मंगलवार १०:२५ मा प्रकाशित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई ५ विकेटले हराउँदै पाँचौं स्थानमा उक्लिएको छ । जितका लागि १ सय ८० रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । कोलकाताका लागि कप्तान नितिश राणाले सर्वाधिक ५१, आन्द्रे रसेलले ४२ तथा जेसन रोयले ३८ रन बनाए ।

पञ्जाबका राहुल चाहारले २, हरप्रित बरार र नाथन इल्सले एक, एक विकेट लिए । घरेलु मैदान इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

पञ्जाबका कप्तान शिखर धवनले सर्वाधिक ५७, जितेश शर्माले २१, साहरुख खानले २१ रन जोडे ।

कोलकाताका वरुण चक्रवतीले ३, हर्षित राणाले २ विकेट लिए । जितसँगै कोलकाता ११ खेलमा १० अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लियो भने समान खेलमा १० अंक रहेको पञ्जाब सातौँ स्थानमा छ ।