निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोस : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०८० बैशाख २६ गते, मंगलवार ११:४४ मा प्रकाशित

 प्रधानमन्त्री पुष्पकमल दाहालले निष्पक्ष न्यायको पक्षमा क्रियाशिल हुन सबैलाई प्रेरणा मिल्ने विश्वास गरेका छन् ।

कानुन तथा न्याय दिवसको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री दाहालले  कानुन, न्याय तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्ति तथा सम्पूर्ण नेपालीहरू स्वतन्त्र न्यायपालिकाका लागि क्रियाशिल हुनेमा विश्वास व्यक्त गरेका छन् ।

‘कानुन दिवसको अवसरमा कानुन, न्याय तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका साथै सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन, ‘आजको दिनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन हामी सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु।