नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुनुपर्छः ठाकुर गैरे

होमल्याण्ड खबर

२०८० बैशाख २६ गते, मंगलवार ११:५७ मा प्रकाशित

नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही गर्न माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले केही सांसदहरूमाथि पक्राउ पुर्जी जारी भएको र केही सदनमा बोलिरहेकाले त्यसको सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गरेका हुन्।

‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। केही  व्यक्तिहरू पक्राउ परेका छन्। केही सांसदहरू भागिरहनुभएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। जो सदनमा बोलिरहनुभएको छ। यो के भएको हो? यो विषयमा छानबिन के भइरहेको छ? यसमा संलग्न को हुन्? यो सरकारले के गरिरहेको छ,’ उनले भने।