मोरङको बूढीगंगास्थित राठी इन्डष्ट्रिजमा आगलागी

होमल्याण्ड खबर

२०८० बैशाख २९ गते, शुक्रबार १०:०६ मा प्रकाशित

मोरङको बूढीगंगास्थित एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ ।

शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।