२ चैत्र २०८२, सोमबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले आफ्नो मोबाइल फम्यार्ट गरेको पाइएपछि रिकभर गर्न थालिएको छ ।
प्रहरी स्रोतका अनुसार खाँणले आफ्नो मोबाइल फर्म्याट गरेर पुराना डाटा उडाएका छन् ।


उनले को को व्यक्तिसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्रहरीले मोबाइलको डिटेल हेर्न लागेको हो । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले ह्वाट्सएपमा गरेको कुराकानी देखिएको तर खाँणको मोबाइलमा नेदेखिएपछि उनको पनि मोबाइल फर्म्याट भएको पाइएको हो ।
प्रहरी स्रोतका अनुसार खाँणको मोबाइल पनि रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइ सकिएको छ ।