२ चैत्र २०८२, सोमबार
नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक अन्तर्गतको दोस्रो दिनको बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा भइरहेको बैठकमा आज मिसन ग्रासरुटको बाँकी ५ प्रदेशका रिपोर्ट प्रस्तुतिपछि ओलीको राजनीतिक प्रतिवेदन र प्रदेशगत रिपोर्टउपर ८ समूहमा छलफल हुने बताइएको छ । प्रदेशका तर्फबाट पेश भएका कार्ययोजनासमेतलाई वार्षिक कार्ययोजना बनाउन भोलि बिहान स्थायी कमिटी बैठक राखेर पुन: केन्द्रीय कमिटीको भोलिको बैठकमा कार्ययोजना प्रस्तुत गरिने बताइएकाे छ ।


जसमध्ये गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गर्दैछन् ।
बैठकको पहिलो दिन पाँच प्रदेशका संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । पहिलो दिन सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।