परीक्षा केन्द्र अगाडि पर्चा बाँड्ने ६१ जना महानगरको नियन्त्रणमा

होमल्याण्ड खबर

२०८० बैशाख २९ गते, शुक्रबार १४:१८ मा प्रकाशित

 काठमाडौं महानगरपालिकाले परीक्षा केन्द्र भएको क्याम्पस अगाडि पर्चा बाँड्ने ६१ जनालाई नियन्त्रणमा लिएको छ। पर्चा बाँड्ने कलेजका विद्यार्थी,इन्ष्टिच्युट  र विभिन्न कम्पनीका कर्मचारीहरू पक्राउ परेको महानगर प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई जरिवाना तिराएर छोडिएको छ। काठमाडौं महानगरपालिकाले परीक्षा सञ्चालन भइरहेका केन्द्रहरूमा अनुगमनलाई तीव्र पारेको छ।

अनुगमनका क्रममा पर्चा बाँड्दै गरेको भेटाएपछि कारबाही अघि बढाएको हो।