गण्डकीमा मन्त्री बन्ने सूचीबाट मनाङे आउट, जीतप्रकाशको इन्ट्री

होमल्याण्ड खबर

२०८० बैशाख २९ गते, शुक्रबार १६:२८ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नबनाएर कांग्रेसकै जीतप्रकाश आलेलाई बनाउने भएका छन् ।

शुक्रबार बिहान ३ मन्त्री नियुक्त गरेर मनाङेको ठाउँमा खाली राखेर शीर्ष नेतासँग अन्तिम छलफल थालेका पाण्डेले अन्तत मन्त्री नबनाउने निश्कर्षमा पुगेको र तनहुँ–२ प्रदेश सभा २ का जीतप्रकाश आलेलाई मन्त्री बनाउने निश्चित भएको हो ।

तनहुँ कांगेसका जिल्ला सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् । रामचन्द्रकै जोडबलमा आले मन्त्री बन्ने पक्का भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद बिस्तार गर्ने क्रममा आजै कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्र थापा र माओवादीका रेशम जुग्जाली मन्त्री नियुक्त गरेर पाण्डेले ४ बजे सपथ लिने व्यवस्था मिलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पत्र पठाइसकेका छन् ।