२५ बैशाख २०८३, शुक्रबार
विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली आरोही पासाङ दावा शेर्पाले २६ औं पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् । खुम्बु पासाङल्हमु गाउँपालिका–४ पाङबोचे निवासी पासाङ दावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेर नयाँ कीर्तिमान राखेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।
आइतबार बिहान पौने ९ बजे वसन्त ऋतुको पहिलो सफल आरोहणमा ३ विदेशी र ३ नेपाली आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेक्दा शेर्पा पनि टोलीमा थिए ।


आरोहण गर्नेमा पाकिस्तानी नागरिक माइली तानी, अमेरिकी महिला आरोही जेसिका र हंगेरियन मटन टी सेर्स रहेका छन् । नेपाली नागरिकहरू खुम्बुपासाङल्हमु– ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउँका आङनिमा शेर्पा रहेका छन् ।