पक्राउ पुर्जी जारी भएका शेर्पा मोबाइल स्विच अफ गरि गायब

होमल्याण्ड खबर

२०८० बैशाख ३१ गते, आईतवार १३:०४ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांँग्रेसका नेता आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई बचाउन लागि परेको र शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाहरुलाई भेटेको आरोप लागेका शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले आइतबार बिहान पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएका शेर्पा भने शुक्रवार देखि नै फरार भएका छन् । यति बेला प्रहरीले उनलाई खोजी गरिरहेको छ । तर शेर्पा भने आफ्नो मोबाइल फोन समेत स्विच अफ गरेर गायब भएका छन् । उनको बारेमा अहिले केहि पनि जानकारी फेला परेको छैन ।

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि रहेका शेर्पाले शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाद्वय केशव दुलाल र सानु भण्डारीलाई हिरासतमा नै भेटेर वयानमा पूर्व गृहमन्त्री खाँणलाई नपोल्न आग्रह गरेका थिए ।

यस्तै उनले गृह मन्त्रालयमा नै गएर खाँणलाई बुझाएको रकम फिर्ता गरिदिने भनेर गरेको कागज पनि प्रहरीले फेला पारेको छ । त्यस्तै पक्राउ पुर्जी भन्दा अगाडि उनी कहाँ थिए भन्ने बारेमा पनि केहि थाहा हुन सकेको छैन ।