२ चैत्र २०८२, सोमबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थप गर्न आज (आइतवार) दिउँसो जिल्ला अदालत लगिने भएको छ । काठमाडौं प्रहरी परिसर टेकुमा रहेका खाँणलाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लैजान लागिएको हो । त्यसअघि सरकारी वकिलको कार्यालयमा पुर्याइने छ ।
प्रहरी स्रोतका अनुसार उनलाई तीन दिन म्याद थप गर्ने तयारी छ । उनलाई बयानका लागि ल्याउने तयारीबीच अदालतमा ठूलो संख्यामा सन्चारकर्मीको भीड लागेको छ
दिउसो ३ बजेसम्म ल्याइएको छैन ।


खाँणसँग प्रहरीले विभिन्न चरणमा बयान लिइसकेको छ । सरकारी वकिलको कार्यालयले पनि खाणसँग बयान लिने तयारी गरेको छ ।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने काममा संलग्न रहेको पाइएपछि प्रहरीले वैशाख २७ गते खाँणलाई नियन्त्रणमा लिएको थियो । उनी गृहमन्त्री रहेको समयमा सचिव रहेका टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा बहालवाला सांसद टोपबहादुर रायमाझी भने अझै परार छन् । उनीविरुद्ध वैशाख २० गते पक्राउ पूर्जी जारी भएको थियो ।