राजनीतिलाई कुशासन र भ्रष्टताबाट मुक्त गर्न युवाहरू अगाडि बढ्नु पर्छ : पोखरेल

होमल्याण्ड खबर

२०८० जेष्ठ १ गते, सोमबार १०:२६ मा प्रकाशित

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजनीतिलाई कुशासन र भ्रष्टताबाट मुक्त गर्न अब युवाहरू अगाडि बढ्नु पर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान युवा तथा विद्यार्थी दिवसको अवसरमा स्ट्याटस् लेख्दै महासचिव पोखरेलले लेखेका छन्, ‘नेपाली राजनीतिलाई कुशासन र भ्रष्टताबाट मुक्त गर्न, अस्थिरताको दुश्चक्रवाट मुलुकलाई राजनीतिक स्थायित्वतर्फ अघि बढाउन, पपुलारिजमका नाममा मुलुकलाई थप अस्थिरतामा जानवाट रोक्न, जबजको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न, स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षाका लागि, अव युवाहरु राष्ट्र निर्माणका लागि जाग्नु पर्छ ।’

उनले युवाहरू राजनीतिको आधारभूत तहदेखि नै राजनीतिक नेतृत्व सम्हाल्ने गरी अघि बढ्नुपर्ने बताए ।

‘राजनीतिबाट टाढिने होइन, आधारभूत तहदेखि नै राजनीतिक नेतृत्व सम्हाल्ने गरी अघि बढ्नुपर्छ । त्यसका लागि ‘मिसन युथ’को नेकपा एमालेको अभियानमा जुटौं, किनकि मुलुकको भविष्य नेकपा एमाले र तपाईं युवाहरूको काँधमा अडेको छ । युवा तथा विद्यार्थी दिवसको धेरैधेरै शुभकामना !’