२ चैत्र २०८२, सोमबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसँग बयान लिन शुरू भएको छ । सरकारी वकिलको कार्यालय बबरमहलमा सोमवार (दिउँसो) बाट बयान लिन शुरू गरिएको हो ।
खाणसँग बयान लिन शुरू गरिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले लोकान्तर जानकारी दिए । जिल्ला सरकारी वकिलको रोहवरमा प्रहरीको अनुसन्धान अधिकृतले बयान लिइरहेका छन् ।


वैशाख २७ गते पक्राउ परेका खाँणलाई आइतवार थुनामा राख्न दोस्रो पटक म्याद थपिएको थियो ।
गृहमन्त्री रहेको समयमा आर्थिक लाभ लिएर नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने काममा प्रत्यक्ष सहयोग पाइएपछि खाँणलाई पक्राउ गरिएको थियो । नक्कली शरणार्थी प्रकरणमा खाँण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।
पछिल्लो पटक नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी आइतवार राति पक्राउ परेका थिए ।