२ चैत्र २०८२, सोमबार
नक्कली भुटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व सभासद आङटावा शेर्पा घाइते भएका छन्।
आज बिहान हिरासत कक्षको ट्वाइलेटमा लडेर शेर्पा घाइते भएका हुन्। घाइते शेर्पालाई उपचारको लागी वीर अस्पताल लगिएको थियो। उपचारपछि पुनः हिरासतमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।


‘उहाँ बाथरुपमा लडेर सामान्य चोट लागेको थियो। अहिले उपचार गरेर ल्याइसकिएको छ,’ एसपी रिजालले भने।
शरणार्थी प्रकरणमा उनी सोमवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर आत्मसर्पण गरेका हुन्। शेर्पाले त्यही प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीले उनलाई अनुसन्धानको घेरामा राखेको थियो।