रेशम चाैधरीलाई जन्मकैद हुने फैसला सर्वोच्चद्वारा सदर

होमल्याण्ड खबर

२०८० जेष्ठ २ गते, मंगलवार १८:२८ मा प्रकाशित

सर्वोच्च अदालतले  कैलालीको टिकापुर  घटनामा संलग्न रहेकोमा रेसमलाल चौधरीले पाएको जन्मकैदको सजाय सदर गरेको छ ।

जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट भएको जन्मकैदको सजायलाई नै सर्वोच्च अदालतले पनि सदर गरेको हो ।  सर्वोच्चका न्यायाधीशहरू आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर हुने फैसला गरेको हो ।

सोही मुद्दामा आरोपी लक्ष्मण थारुले भने जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने फैसला गर्दै सर्वोच्च अदालतले सीताराम चौधरी र गङ्गाराम चौधरीले  भने सफाइ पाउने फैसला गरेको छ । उच्च अदालतले लक्ष्मण थारुलाई पाँच वर्षको सजाय तोकेको थियो । सर्वोच्चले यो सजाय २ वर्षले घटाएको हो ।