लामो दुरीको सार्वजनिक यातायातको भाडा घट्यो

होमल्याण्ड खबर

२०८० जेष्ठ ३ गते, बुधबार १०:१७ मा प्रकाशित

सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३।२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४।१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४।६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

समायोजनपछिको अन्तर प्रदेशको नयाँ गाडी भाडा यस्तो छ ।