२ चैत्र २०८२, सोमबार
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागारमा छलफलका लागि बोलाएका छन्।
जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् ।


नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाका अनुसार चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान ११ बजे डिल्ली बजार कारागार बोलाएका छन् ।
सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल हुने उनले जानकारी दिए ।
एक नेताहरुका अनुसार डिल्ली बजार भेटमा संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुुनेछ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीयदलको बैठक पनि आजै बसेर सरकारबारे धारणा बनाउने बताइएकाे छ।
संसदीय दलका नेता घनश्याम चौधरीले बैठक बस्ने कुरा भएको तर समय निश्चित भइनसकेको जानकारी दिए।