२ चैत्र २०८२, सोमबार
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा चलिरहेकाे बताएका छन् ।
काठमाडौंमा बुधबार मदन-आश्रति स्मृति दिवसकाे अवसरमा बाेल्दै उनले अहिले नेपाल भ्रष्टाचारमा डुबेको र यसमा कुनै विचार तथा सिद्धान्तले काम नगरेको बताएका हुन् ।


‘नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिष्पर्धा भइरहेको छ,’ अध्यक्ष नेपालले भने ।
उनले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी भएकाे बताउँदै नेपाली राजनीतिलाई जोगाउन चुनौती भएको बताए।
नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको आरोप समेत लगाएका छन् ।