२ चैत्र २०८२, सोमबार
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले टीकापुर हत्याकाण्डको मुद्दामा सर्वाेच्चबाट जन्मकैदको सजाय सदर भए पनि आफू विचलित नभएको बताएका छन् । उनले पुनरावलोकनको बाटो खुला रहेको उल्लेख गर्दै न्यायको पर्खाइमा आशावादी रहेको बताएका छन् ।
मंगलबार सर्वाेच्च अदालतले रेशमको मुद्दामा जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको फैसला सदर गरेको थियो । यसप्रति चौधरीले आज विज्ञप्ति जारी गर्दै सर्वाेच्चको फैसला आफूप्रति न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नरहेको बताएका छन् ।

