काठमाडौंकाे तार्केश्वरमा यात्रुबाहक बस खेलामा खस्याे

होमल्याण्ड खबर

२०८० जेष्ठ ३ गते, बुधबार १४:३२ मा प्रकाशित

काठमाडौँको तारकेश्वर नगरपालिकास्थित शेषमति खोलामा यात्रुबाहक बस खसेको छ । काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ६३६७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई शेषमति पुलनजिकै खोलामा खसेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलसँग ठोक्किएर बस खोलामा खसेको हो ।

दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुने मोटरसाइकल चालक हुन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।