एक इन्च जमिन छोड्दैनौं, छिमेकीको भूमि चाहिँदैन : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०८० जेष्ठ ४ गते, बिहीबार १६:०० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनो देशको एक इन्च जमिन पनि नछोड्न र अरु छिमेकीको एक इन्च जमिन पनि नेपाललाई नचाहिने बताएका छन् ।

बिहिबार संसदमा सांसदहरुले सोधेको प्रश्नोत्तरमा प्रधानमन्त्रीले नेपालले अपनाउँदै आएको परराष्ट्र नीतिलाई आफू नेतृत्वको सरकारले पनि निरन्तरता दिएको भन्दै त्यस्तो बताएका हुन् । प्रधानमन्त्रीले आफनो भारत भ्रमणका विषयमा कुनै आशंका नगर्न आग्रह गदै देशको एकता, अखण्डता र स्वाधिनतामा सम्झौता नहुने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले गरेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौं, हामीलाई छिमेकीको एक इन्च जमिन चाहिँदैन । यो नीति अन्तर्गत हामी नेपालका सबै राजनीतिक दलहरू र यो सम्मानित सदन सबै हामी एकमत नै छौं । त्यै मान्यताभित्र रहेर नै भारत सरकारसँग कुराकानी हुन्छ,’ प्रधानमन्त्रीले भने, –‘नेपाल आफ्नो एक इन्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरु राष्ट्रको नलिने सिद्धान्तमा अडिग छ । यसै सिद्धान्तमा रहेर छिमेकीसँग सम्बन्ध कायम गर्न नेपाल प्रयत्नशील रहेको छ । मेरो निकट भविष्यमा हुने भारत भ्रमण पनि नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहने विश्वास म व्यक्त गर्न चाहन्छु ।’

ने