संसदको संयुक्त बैठकमा उपस्थित हुन् कांग्रेसले लगायाे ह्वीप

होमल्याण्ड खबर

२०८० जेष्ठ ५ गते, शुक्रबार १३:५० मा प्रकाशित

नेपाली कांग्रेसले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज बस्ने संसदको संयुक्त बैठकमा उपस्थित हुन आफ्ना पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्वीप लगाएका हुन् ।

अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न अहिले सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।