संसद् बैठक सुरु, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

होमल्याण्ड खबर

२०८० जेष्ठ ५ गते, शुक्रबार १६:२४ मा प्रकाशित

संघीय संसद्को संयुक्त बैठक सुरु भएको छ। शुक्रबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसद्‌को बैठकमा प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ।

रामचन्द्र पौडेल गत फागुनमा राष्ट्रपति निर्वाचित भएका थिए। संघीय संसद्‌मा उनले पहिलो पटक नीति तथका कार्यक्रम प्रस्तुत गरिरहेका हुन्।