२ चैत्र २०८२, सोमबार
सरकारले बढ्दो जलवायू परिवर्तनको असर हिमाल पनि परेको भन्दै हिमाल बचाउन अभियान सुरू गर्ने भएको छ ।
आर्थिक वर्ष ८०÷८१ को नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अल्पविकसित तथा हिमाली देशहरूमा जलवायू परिवर्तनले उत्पन्न गरेको जोखिमबारे संवेदनशिलता जगाउन र क्षतीको पुनरभरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सन्जाल निर्माणको पहल गरिने जानकारी दिए ।


“जलवायु परिवर्तनको मुद्धामा नेपालको वार्ता तथा सम्झौता क्षमता अभिवृद्धी गरिनेछ,” उनले भने, “हिमाल बचाउन अभियान सुरू गरिनेछ । अल्पविकसित तथा हिमाली देशहरूमा जलवायू परिवर्तनले उत्पन्न गरेको जोखिमबारे संवेदनशिलता जगाउन र क्षतीको पुनरभरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सन्जाल निर्माणको पहल गरिनेछ ।”